कास्मीरमा भारत विरोधी समुहद्धारा सैनिक बेसक्याम्पमा आक्रमण , १७ भारतीय सेनाको मृत्यु

कास्मीरमा भारत विरोधी समुहद्धारा सैनिक बेसक्याम्पमा आक्रमण , १७ भारतीय सेनाको मृत्यु

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी असोज २ । लामो समयदेखि कफ्र्यु र बन्दको चपेटामा परेको कास्मीरमा भारतले चरम दमन गरेको भन्दै एक शसस्त्र समुहले सैनिक व्यारेकमा शक्तिशाली आक्रमण गर्दा १७ जना भारतीय सैनिकको मृत्यु भएको छ ।
घटनामा चार जना आक्रमणकारीको पनि मृत्यु भएको बताईएको छ । यस्तो ठूलो आक्रमण कास्मीरमा २६ वर्ष पछि पहिलो पटक भएको हो ।
उरी स्थित आर्मी ब्रिगेड हेडक्वाटरमा प्रवेश गरेका ४÷५ जनाको समुहले उक्त विष्फोट र आगजानी गरी हमला गरेका थिए । एक बिहानै व्यारेकमा तार काटेर प्रवेश गरेको समुहले ग्रिनेड फ्याकेपछि टेन्टहरुमा आगलागी हुदा बढी सिपाहीहरु मारिएका थिए ।

८ महिना पहिले भारतको पठानकोटमा रहेको एयरबेसमा आक्रमण हुदा ७ भारतीय सेनाको मृत्यु भएको थियो । भारतीय सेनाले यो आक्रमणमा जैस ए मोहम्मदको हात भएको आशंका गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी