सुडानमा जारी गृहयुद्धका कारण १० लाख मानिस विस्थापित

सुडानमा जारी गृहयुद्धका कारण १० लाख मानिस विस्थापित

  • शनिबार, अशोज १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ,१ असोज ।
दक्षिण सुडानमा जारी गृहयुद्धका कारण विस्थापित हुनेको संख्या १० लाख नाघेको संयुक्त राष्ट्र संघले जनाएको छ । सन् २०१३ को डिसेम्बरदेखि गएको जुलाई सम्ममा दक्षिण सुडानको गृहयुद्धका कारण १० लाख मानिस विस्थापित भएका हुन् ।

राष्ट्र संघीय शरणार्थी निकाय युएनएचसीआरका प्रवक्ता लिओ डोब्सले विज्ञप्ती निकालेर गएको जुलाईमा राजधानी जुबामा ठूलो झडप भएपछि देश छाडेर भाग्नेको संख्या ह्वात्तै बढेको बताउनुभयो ।

जुलाई यतामात्र कम्तीमा एक लाख ८५ हजार मानिसले देश छाडेर भागेका विज्ञप्तीमा उल्लेख छ । देश छाडेर भागेका १० लाख भएपनि आन्तरिक रुपमा विस्थापित हुनेको संख्या धेरै छ ।

अहिलेसम्म आन्तरिक रुपमा विस्थापित हुनेको संख्या १६ लाख पुगेको बिबिसीले जनाएको छ । राष्ट्रपति साल्भा किइर र पूर्व उपराष्ट्रपति रिएक मचारबिचको मतभेदका कारण उत्पन्न परिस्थितीले गृहयुद्धको रुप लिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी