बलुचिस्तानमा भारतले पाकिस्तान विरोधी गतिविधिको लागि लगानी गरीरहेको खुलासा

बलुचिस्तानमा भारतले पाकिस्तान विरोधी गतिविधिको लागि लगानी गरीरहेको खुलासा

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी भदौ ३१ । छिमेकी भए पनि कट्टर शत्रुको रुपमा व्यवहार गर्ने भारतले पाकिस्तान विरोधी गतिविधिका लागि बलुचिस्तानमा थुप्रो पैसा र एजेण्टहरु खटाएको खुलासा भएको छ ।

बलुचिस्तानका केही पार्टी र नेताहरुलाई भारतीय पासपोर्ट समेत दिएको र केहीलाई दिने तयारी गरेको खुलेको छ ।

ती नेताहरु जसले भारतीय जासुसी संस्था रअ र अन्य अधिाकारीहरुसग‘ सम्पर्क गर्ने र हिशा भड्काउने योजना बुन्ने गरेको खुलासा भएको छ ।
यसले भारतको पाकिस्तान विरोधी रबैया स्पष्ट भएको छ ।
यस्तो पासपोर्ट बलुचिस्तान रिपव्लिक पार्टीका अध्यक्ष ब्राहमदाग बुगतीलाई पासपोर्ट दिएको पाकिस्तानी सञ्चार माध्यमले खुलासा गरेका छन् ।
बलुचिस्तानका मुख्य मन्त्री बनिसकेका अकबरका नाति हुन् बुगती । सन् २००६ मा अकबरको हत्या भएको थियो । बुगती त्यस पछि अफ्गानिस्तान फरार भएका थिए । सन् २०१० देखि उनी स्वीजरल्याण्डमा बसिरहेका छन् ।
उनले हाल भारतमा शरण चाहेको र पासपोर्ट प्राप्त गरेको खुलेको छ ।
अब केही दिन भित्रैमा भारतले औपचारीक रुपमा बुगती सहित ३ जनालाई नागरिकता दिन सक्ने जिओन्युजले उल्लेख गरेको छ ।
चीनको बिरोधका बाबजुद दलाई लामालाई पासपोर्ट दिएको भारतले अब पाकिस्तान विरोधी नेतालाई पनि पासपोर्ट दिनुले गंभीर नकारात्मक परिघटनाको रुपमा यसलाई पाकिस्तानी मिडियाले हेरेका छन् ।
बलुचिस्तानमा भारतीयहरुले बिद्रोह र हिंशात्मक घटनाका लागि प्रेरित गर्न थुप्रै गतिविधि गरीरहेको बताईएको छ ।
यस अघि भारतीय सेनाका एक अधिकारी पनि परिचय पत्र सहित बलुचिस्तानमा पक्राउ परेका थिए ।
पासपोर्ट मामलामा पाकिस्तानले कुनै पनि प्रतिकृया व्यक्त गरिसकेको छैन ।
केही दिन अघि लाल किल्लामा भाषण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलुचिस्तानका नागरिकले आफूलाई धन्यवाद दिएको टिप्पणी गरेका थिए ।
त्यसको केही समय पछि बलुचिस्तान पुगेका पाकिस्तानी सेनापतिले शत्रु को र उसले के गरीरहेको छ भनेर चिनेको र त्यसको मुकाबिला गर्न तयार रहेको घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी