ब्राजिलका पूर्व राष्ट्रपति विरुद्ध भ्रष्ट्राचारको मुद्धा दर्ता

ब्राजिलका पूर्व राष्ट्रपति विरुद्ध भ्रष्ट्राचारको मुद्धा दर्ता

  • बिहिबार, भदौ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी भदौ ३०।
भ्रष्टाचारको अभियोगमा ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला दासिल्भाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

पेट्रोबास नामक तेल कम्पनीमा भएको अर्बौं डलर बराबरको भ्रष्टाचारमा लुला सहित उहाकी पत्नीको समेत संलग्नता रहेको दावी गर्दै ब्राजिलका अभियोजनकर्ताले भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेका हुन् ।

पूर्वराष्ट्रपति दासिल्भाले तेल कम्पनी पेट्रोबासबाट अर्वैद्य रुपमा ठुलो रकम लिएर आफ्नो वर्कर्स पार्टीको खातामा राखेको सरकारी पक्षको दावी छ । लुला र उहाकी पत्नीका नाममा समुद्री किनारमा भव्य पेन्टहाउसमा सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा भ्रष्टाचार गरेको अभियोजनकर्ताको आरोप छ ।

तर पुर्व राष्ट्रपति लुलाले भने आफुमाथी लागेको आरोपको खण्डन गर्नुभएको छ ।
आफ्नो पार्टीको छविलाई बिर्गान राजनीतिक पुर्वाग्रही भएर आरोप लगाइएको उहाको दावी छ । लुला सन् २००३ देखि २०१० सम्म ब्राजिलका राष्ट्रपति भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी