एजेन्सी २८ भदौ ।
प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको करिब दुई महिनापछि बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुनले सांसद पदबाट पनि राजीनामा दिनु भएको छ ।
उनले बेलायत युरोपेली युनियनमा रहने कि नरहनेबारे भएको जनमत संग्रहको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।
उहाँ बेलायत युरोपेली युनियनमै रहनुपर्ने पक्षमा रहेपनि जनमत संग्रहको नतिजा युरोपेली युनियनबाट बेलायत बाहिरिनुपर्ने पक्षमा आएको थियो ।
क्यामरुन सन् २०१० देखि २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहनु भएका क्यामरुनले सांसद पदबाट राजीनामा दिने घोषणा गर्दै आफू सक्रिय राजनीतिबाट केही समय टाढा रहन चाहेको जानकारी समेत गराउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline