एजेन्सी , भदौ २५ ।
बंगलादेशको एक कारखानामा विस्फोटपछि भएको आगलागीमा २० जनाको मृत्यु भएको छ । अन्य ७० भन्दा बढी घाईते भएका छन् ।
चारतले भवनमा रहेको कारखानामा विस्फोटकाबेला एक सयभन्दा बढी कामदार कार्यरत् रहेको बताइएको छ । विस्फोटलगत्तै केहीले भने भागेर ज्यान जोगाएका छन् ।
आगलागीका कारण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ । केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
बंगलादेशको ढाकामा गत वर्षपनि एक प्लास्टिक कारखानामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline