सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने

सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने

  • शनिबार, भदौ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, भदौ २५ ।

परमाणु परिक्षण नरोकेको भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

हिजो मात्रै उत्तर कोरियाले पाचौ पटक परमाणु परीक्षण गरेपछि सुरक्षा परिषदले उसमाथि थप प्रतिबन्ध गराउने निर्णय गरेको हो ।

हिजो उत्तरले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेको थियो । सो परिक्षणको बिरोध गर्दै दक्षिण कोरिया, चीन, जापान, अमेरिकालगायतका देशले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

यसैबीच, अमेरिकाले भने उत्तर कोरियामाथि सैनिक कारबाहीको तयारी गरेको बताइएको छ । उत्तर कोरियाले अरु शक्तिशाली राष्ट्रको बेवास्ता गर्दै यो वर्षमात्रै पाँचओटा परमाणु परीक्षण गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी