सिरीयाको विषयमा रुस र अमेरीकाबीच सहमति

सिरीयाको विषयमा रुस र अमेरीकाबीच सहमति

  • शनिबार, भदौ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी भदौ २५ । सिरीयामा लामो समयदेखि जारी द्धन्दममा प्रत्यक्ष रुपमा सामेल भएका रुस र अमेरीकाले युद्धविराम गराउने विषयमा सम्झौता गरेका छन् ।
यो सम्झौता सोमबार साझ घाम अस्ताए पछि लागु हुने छ । सम्झौता अनुसार सिरीया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा बर्दी सहितको सैन्य मिसन नपठाउने, आईएस र नुसरा फ्रन्टको विरुद्ध रुस र अमेरीकाले स‘युक्त केन्द्र बनाउने लगायत सहमति भएको हो । अमेरीकी विदेश सचिव जोन केरी र रुसी विदेश मन्त्री सरगेई लाभरोभले जेनेभामा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रुसी विदेशमन्त्री लाभरोभले सिरीया सरकार सम्झौता कार्यन्वयनका लागि तत्पर रहेको बताउनु भयो ।
अमेरीकी विदेश सचिव जोन केरीले रुस र अमेरीकाबीचको सम्झौताले सरकार र विपक्षीसबैलाई संवोधन गर्ने बताउनु भयो । सिरीया द्धन्दको क्रममा हाल सम्म २ लाख भन्दा बढी मानिसको मृत्यु भईसकेको छ भने दशौं लाख बिस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी