सिरीयामा आइएसको रक्कामा आक्रमण गर्ने टर्की र अमेरिकाको तयारी

सिरीयामा आइएसको रक्कामा आक्रमण गर्ने टर्की र अमेरिकाको तयारी

  • बिहिबार, भदौ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी भदौ २३।
टर्की र अमेरिकाले सयुक्त रुपमा सिरियामा चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसको गढ रक्कामा आक्रमण गर्ने तयारी गरेका छन् ।

अमेरिकासँग मिलेर सिरियाको रक्कामा आक्रमणको तयारी गरिरहेको टर्कीका राष्ट्रपति रिचेप तैयप एर्दोआनले बताउनु भयो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनमा भएको जी–ट्वेन्टी देशको बैठकमा चरमपन्थीका विरुद्ध साझा अभियान सञ्चालन गर्न सुझाव दिएको समेत उहाँले उल्लेख गर्नुभयो । टर्कीले यो अभियानलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।यद्यपी अमेरिकाले भने यसको पुष्टी गरेको छैन ।

पछिल्लो महिना टर्कीले सिरियाको सीमामा आइएस र कुर्द लडाकुविरुद्ध कारबाही गरिरहेको छ । टर्कीको समर्थन पाएको विद्रोही समूहले जाराब्लुस शहरमा आइएसका अखडामा आक्रमण गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी