अफागानस्थाको राजधानी काबुल प्रवेशमा सेनाको रोक

अफागानस्थाको राजधानी काबुल प्रवेशमा सेनाको रोक

  • मङ्लबार, भदौ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी ,२१ भदौ ।

अफगानिस्तानको सेनाले राजधानी काबुलमा श्रृखलाबद्ध बम बिष्फोट भएपछि राजधानी काबुलका मुख्य क्षेत्र प्रवेशमा रोक लगाएको छ ।

बिष्फोटको श्रृङखला जारी रहेपछि काबुलका सबै बिद्यालय बन्द गराईएको छ । आज बिहानबाट राजधानीका बिभिन्न स्थानमा चार वटा बिष्फोट भएको छ ।

बिष्फोटमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी घाईते छन् ।

मारिने अधिकांश महिला र बृद्धबृद्धा छन् । ब्यस्त बजारमा पहिलो बिष्फोट भए लगत्तै रक्षा मन्त्रालय भवन नजिक दोस्रो बिष्फोट भएको थियो ।

सो बिष्फोटमा सैनिक जवान समेत मारिएको अफ्गान अधिकारीले जनाएका छन् ।
त्यस्तै उत्तर पश्चिम काबुलको एक गेष्ट हाउसमा पनि शक्तिशाली बिष्फोट भएको छ । सो बिष्फोटको थप विवरण आउन बाँकी छ ।
बिष्फोटस्थल बिशेष सुरक्षा बलले आफ्नो नियन्त्रणमा लिई बिद्रोहीबिरुद्ध कारबाही जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी