सेना परिचाल गर्ने फिलिपिन्स राष्ट्रपतिको घोषणा

सेना परिचाल गर्ने फिलिपिन्स राष्ट्रपतिको घोषणा

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी १८ भदौ ।
फिलिपिन्सको दक्षिणी शहर डावाओमा १४ जनाको मृत्यु हुनेगरी भएको शत्तिशाली बम आक्रमणपछि सेना परिचालन गरिने भएको छ ।

विष्फोटपछि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रहरीलाई सहयोग गर्ने भन्दै सेना परिचालनको निर्णय गर्नुभएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

अतिवादी समुह अबुसैय्फले राष्ट्रपति गृहनगर भ्रमणमा पुगेका बेला शक्तिशाली विष्फोट गराएपछि अराजकताको स्थिति सृजना भएकोले सेना परिचालनको घोषणा गर्नुभएको हो ।

राष्ट्रपति रोड्रिगोको गृहनगर डोभावोको ब्यस्त बजारमा हिजो भएको विष्फोटमा १४ जना मारिएका थिए ।

विद्रोहीको अस्तित्व मेटाउने भन्दै राष्ट्रपतिले कडा नीति लिने भएपछि अबुसैय्फ समेत आक्रामक भएको छ ।
क्याथोलिक ईसाई धर्मावलम्वीको मुख्य बसोबास रहेको फिलिपिन्समा लामो समय देखि ईश्लिामि समुह संघर्षरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी