एजेन्सी ,भदौ १८ ।
उज्वेकिस्तानका राष्ट्रपति ईस्लाम कारीमोबको आज अन्त्येष्ठि गरिएको छ ।
ब्रेन ह्यामरेजका कारण ७८ बर्षको उमेरमा निधन भएका ईस्लामको आज उहाकै गृहनगर समरकंदमा अन्तिम संस्कार गरिएको हो ।
६ दिन अघि अस्पतालमा भर्ना गरिएका राष्ट्रपति ईस्लामको गएराति मृत्यु भएको पुष्ठी गरिएको थियो । उहाको अन्तिम संस्कारमा सहभागी हुन हजारौ सर्वसाधारण सहित उच्च सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो ।
राष्ट्रपति कारीमोवको निधनप्रति शोक व्यक्त गर्दै त्यहाँको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । कारीमोवले उज्वेकिस्तानमा २७ वर्ष लामो सत्ता चलाउनु भएको थियो ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले स्वर्गीय कारीमोव एक राजनेता भएको टिप्पणी गर्दे शोक व्यक्त गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline