एजेन्सी ,भाद्र १८ ।
विश्वभरमा सबैभन्दा बढी कार्बनडाइ अक्साई उत्सर्जन गर्ने मुलुक चीनले जलबायु परिर्वतन सम्बन्धी विश्वब्यापी सम्झौता अनुमोदन गरेको छ ।
चीनले सन् २०१५ को डिसेम्बरमा फ्रान्सको पेरिसमा भएको सम्झौतालाई औपचारिक रुपमा बैधता दिएको हो ।
चीनको होङ्झाउमा भोलीदेखि सुरु हुने जी २० सम्मेलन अघि चीन र अमेरिकाले संयुक्त रुपमा सो सम्झौतामा आफुहरु सहमत भएको घोषणा गर्ने बताईएको छ ।
विश्वभर हुने हानिकारक कार्बन ग्याँस उत्सर्जन मध्ये चीनमा २४ र अमेरिकामा १२ प्रतिशत हुने गरेको छ ।
पेरिस सम्झौतामा कार्बन उत्सर्जन कम गरी तिब्ररुपमा बढेको ग्लोबल वार्मिङलाई सबै राष्ट्रले औषत २ डिग्री सेल्सियस भन्दा माथि जान नदिन अनिबार्य पहल गर्नुपर्ने उल्लेख छ । सो सम्झौतामा विश्वभरका १ सय ९५ मुलुकले हस्ताक्षर गरेका छन् ।
यद्यपी यो सम्झौता कार्यन्वयनका लागि कार्बन ग्याँस उत्सर्जन गर्ने मुलुक मध्येका ५५ प्रतिशतको औपचारिक सहमती आवश्यक पर्ने बताईएको छ ।