भदौ १८ एजेन्सी । पाकिस्तानी सेनापति जनरल राहिल सरीफले देशको दुष्मनलाई राम्रो तरीकाले पहिचान गरिएको र उनीहरुलाई परास्त गर्न तयार रहेको बताउनु भएको छ ।
गिलगितमा चीन पाकिस्तान करीडोरमा अवलोकन गर्ने क्रममा यसै साता उहाले यस्तो टिप्पणी भारतप्रति लक्षित गर्दै गर्नु भएको हो ।
गिलगित र बलुचिस्तानललाई लक्षित गरी १५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो टिप्पणी गर्नु भएको हो ।
उहाले भारतको नाम नलिईकन भन्नु भयो “ हामी हाम्रो शत्रुको चाल राम्रोसग‘ बुझ्दछौ र यसलाई परास्त गर्न तयार छौं ” ।उहाले पाकिस्तान सकारात्मक दिशामा अघि बढिरहेको भन्दै सो करीडोरको सुरक्षा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मोदीले बलुचिस्तान र गिलगितका जनताले आफूलाई धेरै धेरै धन्यवाद दिएको टिप्पणी गर्नु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline