यमनमा भएको आत्मघाती आक्रमणमा ६० जनाको मृत्यु

यमनमा भएको आत्मघाती आक्रमणमा ६० जनाको मृत्यु

  • सोमवार, भदौ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेसि, १३ भदौ। यमनको अदेन सहरमा रहेको आर्मी तालिम केन्द्रमा आत्माघाती आक्रमण हुदा ६० जनाको मृत्यु भएको छ ।

दक्षिणी सहर एडेनमा ट्रेनिङ क्याम्प सरकार समर्थित ‘पपुलर रेजिस्टेन्स’ नामको मिलिसिया समूहले सन्चालन गरेको आक्रमणमा ६० जना घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यो मिलिसियाले गत वर्ष हुथी विद्रोहीलाई एडेन सहरबाहिर धपाउन भूमिका खेलेको थियो । आक्रमणको जिम्मेवारी इस्लामिक चरमपन्थी समूह ‘आइएस’ले लिएको बताइएको छ ।

यमनमा साउदी सरकारको सहयोगमा रहेको यमनी सरकार र विद्रोहीबीच १७ महिनादेखि संघर्ष चलिरहेको छ ।
यस अवधिमा ६६ सय भन्दा बढी मानिसको मृत्यु भईसकेको र २५ लाख भन्दा बढी विस्थापित भएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी