एजेन्सी, भदौ १३ ।
इराकले साउदी अरबसँग बग्दादमा रहेको राजदूतलाई बदल्न आग्रह गरेको छ ।
ईरानका बारेमा साउदी राजदूत तमर अल सबहानले विवादित अभिव्यक्ति दिएको भन्दै इराकी विदेश मन्त्रालयले यस्तो आग्रह गरेको विविसीले जनाएको छ ।
ईरान समर्थित शिया अतिवादीले आफ्नो हत्याको षडयन्त्र गरिरहेको राजदूतको भनाइ साउदी टेलिभिजनमा प्रशारण भएपछि शिया नेता रुष्ट बनेका थिए ।
शिया बहुल इराक तथा सुन्नी बहुल सउदी अरबबीच लामो समयदेखि एक आपसमा प्रतिद्वन्द्विता रहिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline