सुतेकै अवस्थामा कसरी मृत भेटिए रुपन्देहीका दिपेश ?

सुतेकै अवस्थामा कसरी मृत भेटिए रुपन्देहीका दिपेश ?

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

युएईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगारीको लागि कामको खोजीमा युएई आएका रुपन्देही खैरेनी-६ ढिकारका दिपेश सुनारको युएइ अाइपुगेकाे चाैथाे दिन शुक्रबार मृत्यु भएको हो।

उनी अगष्ट २३ मा युएई आएका थिए। हृदयघातका कारण सुनारकाे मृत्यु भएको उनका काका धनबहादुर सुनारले बताए।

युएइमा भिजिट भिषामा अाएर काम खाेजेर बस्ने नेपालीहरू पनि छन्। मृतक दिपेश पनि यस्तै भिजिट भिषामा चार दिन अघि नेपालबाट अाएका थिए।

‘साथीले भिजिट भिषामा बोलाएर युएई आएको थियाे’, धनबहादुरले नागरीकन्युजसँग भने, ‘दुई दिन दुबईमा साथीसँग बसेर बिहीबार अबुधाबी मलाई भेट्न आएको थियो। शुक्रबार बिहान सुतेकै अवस्थामा उसको मृत्यु भएछ।’

दिपेसको शबलाई पोष्टमार्टमपछि अबुधावी स्थित खलिफा हस्पिटलमा राखिएको छ ।

प्रदेशमा गएर पैसा कमाउला र केही गरौला भन्ने सोचले भिजिट भिषामा युएई आएका २७ बर्षीय दिपेसको घरमा आमा, एक छोरा र श्रीमती छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी