एजेन्सी भदौ ११ । लामो समयदेखि द्धन्दको मारमा परेको सिरीयामा युद्ध विराम गराउने विषयमा रुस र अमेरीकाबीच सम्झौता हुने देखिएको छ ।
जेनेभामा रुसी विदेश मन्त्री सेरगेई लाभरोभ र अमेरीकी विदेश मन्त्री जोन केरीबीच भएको छलफलमा धेरै विषयमा सहमति भएको जनाईएको छ ।
अब थोरै विषय मात्र बाकी रहेको अमेरीकी विदेश मन्त्री जोन केरीले बताउनु भएको विविसीले उल्लेख गरेको छ ।
दमास्कसको एउटा उपनगरलाई सेनाले विद्रोहीको हातबाट नियन्त्रणमा लिए पछि अमेरीका र रुसले यो वार्ता गरेका हुन् ।
यो वार्तामा भएको सहमति सिरीया र सिरीयाली जनताको लागि महत्वपूर्ण हुने केरीले उल्लेख गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline