एजेन्सी १० भदौ ।
इटालीमा गत बुधबार गएको विनाशकारी भूकम्पले क्षति पुर्याएका क्षेत्रमा संकटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री मार्टियो रेन्जीले इटालीको मध्य पहाडि क्षेत्रमा भूकम्पले क्षति पुर्याएका क्षेत्रमा संकटकालको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री रेन्जीले भूकम्प प्रभावित क्षेत्रमा सहयता रकम तथा स्रोतहरु पठाउने बताउनु भएको छ । प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन गरिएपनि पराकम्प गइराखेका कारण समस्या भएको जनाइएको छ ।
इटालीमा गत बुधबार गएको ६ दशमलव २ रेक्टरको विनाशकारी भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको ज्यान गएको थियो भने ३ सय ६५ भन्दा बढी घाइते भएका छन् ।
दर्जनौं मानिसहरु अझै भंगनावशेश भित्र फसिरहेको हुनसक्ने स्थानीय अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएएको छ । प्रभावित क्षेत्रमा ५ हजार बढी उद्धारकर्मी खटिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline