एजेन्सी,भदौ ८।
इटालीमा आज विहान गएको शक्तिशाली भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यु एस जिएसलाई उद्धत गर्र्दै विविसीले जनाएको छ ।
भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ ।
यस्तै इटालीको केन्द्रमा रहेको अकुमोली शहरमा पनि थुप्रै घरहरु भत्किएको बताइएको छ । थप विवरण आउने क्रम जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline