एजेन्सी भदौ ७ । जर्मन सरकारले सन् १९९० को दशकको शीत युद्ध पछि पहिलो पटक आपतकालको लागि खाद्यन्न जोहो गर्न नागरिकहरुमा अपील गरेको छ ।
नागरिक सुरक्षाका नया व्यवस्था अनुसार यस्तो अपील गरिएको हो । सन् १९९५ पछि जर्मनीले पहिलो पटक यस्तो अपील गरेको हो ।
कम्तीमा १० दिनका लागि प्रतिदिन दुई लिटरका हिशाबले पानी र रासन जम्मा गर्न सरकारले भनेको छ ।
विपक्षी पार्टीका सांसदहरुले भने सरकारको यो नया व्यवस्था जनतामा आतंक मच्चाउने खालको भएको भन्दै आलोचना गरेका छन् ।
सरकारले कुनै पनि राष्ट्रिय संकटका बेला प्राथमिक सेवा पुग्न ढिला हुने भएकाले नागरिकलाई यस्तो अपील गृह मन्त्रालय मार्फत गरिएको छ ।
यद्यपि, बुधबार यो प्रस्तावलाई संसदमा अनुमोदनका लागि पेश गरिने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline