एजेन्सी भदौ ५ । अर्गनाईजेसन अफ् ईस्लामीक कर्पोरेसन ( आईओसी ) का महासचिव आयाद अमीन मदनीले कास्मीर भारतको आन्तरिक मामला नभएको बताउनु भएको छ ।
पाकिस्तान भ्रमणमा रहनु भएका महासचिव मदनीले पत्रकार सम्मेलन मार्फत यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
मदनिले कास्मीरमा भएको हिशा अन्तराष्ट्रिय मानवअधिकारको मामला भएको प्रतिकृया दिनु भयो ।

कास्मीरका जनताले गर्ने फैसला नै निर्णायक हुनु पर्नेमा उहाले जोड दिनु भएको छ ।
आईओसी ५६ सदस्यहरु रहेको मुस्लिम समुदायको सबै भन्दा ठूलो संगठन हो ।
भारत प्रशासित कास्मीरमा झण्डै डेढ महिना देखि निरन्तर कफ्र्यु लाग्नुका साथै हिशामा परी ६० जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline