उपप्रधानमन्त्री निधी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

उपप्रधानमन्त्री निधी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

  • शुक्रबार, भदौ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,३ भदौ ।

भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय राष्ट्रपति प्रणव मुखर्जिसँग आज साझ भेटवार्ता गर्नुभएके छ ।

राष्ट्रपति कार्यलयमा साझ ६ बजे भएको भेटमा निधीले नेपालका राष्ट्रपति बिद्या देबी भण्डारीले पठाएको निमन्त्रणपत्र मुखर्जिलाई हस्तान्तरण गर्नुभएको छ ।

उप्रप्रधानमन्त्री निधीले आजै गृहमन्त्री राजनाथ सिंह र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
सिंहले निधीसँगको भेटका लागी लन्च वैठकको आयोजना गर्नुभएको थियो ।

यस्तै उपप्रधानमन्त्री निधीले आजै विहान दैवी प्रकोप सम्वन्धी नेश्नल डिजास्टर मेनेजमेन्ट अथोरिटीले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।

कार्यक्रममा भारतले प्राकृतिक विपत्त तथा दैवी प्रकोप न्यूनीकरणका लागि गरेका पूर्व तयारीको बारेमा छलफल भएको थियो ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग भने भोली मात्रै भेटवार्ता गर्ने समय तय गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ