नवलपरासीमा सवारी दुर्घटना हुँदा २को मृत्यु

नवलपरासीमा सवारी दुर्घटना हुँदा २को मृत्यु

  • शुक्रबार, भदौ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

३ भदौ, नवलपरासी । नवलपरासीको अरुणखोलामा कार र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको बर्दघाट नगरपालिका २ का ३५ वर्षीय दीपक चौधरी र ३५ वर्षकै पञ्चराम कुमालको मृृत्यु भएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको मोटरसाइकलको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने त्यसमा सवार यात्रु उछिटिट्एर निकै पर पुगेको पाइएको छ । कारको पनि एक भागमा ठूलो क्षति भएको छ ।

कार चालकलाई इलाका प्रहरी कार्यालय नयाँ बेलहानीले नियन्त्रणमा लिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ