३ भदौ, काठमाडौं ।
नेपाल प्रहरीले १ सय २५ जना प्रहरी नायव उपरीक्षक डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सुचना जारी गरि एक सय २५ जना डिएसपिको सरुवा गरिएको जनाएको छ ।
मानवश्रोत विकास विभागले सरुवा भएकाहरुले यही भदौं महिनादेखिको तलब भत्ता सरुवा भएको दरवन्दीबाट खान पाउने जनाएको छ ।
अनुपम शम्शेरलाई प्रहरी प्रधान कार्यालय पाठ्यसामाग्री शाखामा सुरुवा गरिएको छ भने अमरेन्द्र बहादुर सिंहलाई अपराध अनुसन्धान विभागमा पठाइएको छ ।
किशनसिंह बुडाललाई अंचल प्रहरी कार्यालय धनगढी पठाइएको छ भने बाग्मतीमा कृष्ण प्रसाईलाई ल्याइएको छ । कृष्णप्रसाद पंगेनी थानकोटमा रहेको महानगरीय प्रहरी वृतमा सरुवा हुनुभएको छ ।
यस्तै प्रहरी प्रधान कार्यालय तालिम शाखामा बिनोद सिलवाललाई तथा प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयमा बिमल बस्नेतलाई पठाएको छ । रमेश कुमार खड्कालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने गोविन्द पुरीलाई महाराजगञ्ज बृतको जिम्मेवारी मिलेको छ ।
डिएसपी कुमोद ढुंगेललाई रामेछाप जिल्ला प्रहरी कार्यालयमा , गुरु विष्णु काफ्लेलाई जिल्ला प्रहरी कार्यालय जुम्ला , चित्र गुरुङ मनाङ, दलबहादुर बोगटी बाजुरा र प्रविणलाल श्रेष्ठ जिल्ला प्रहरी कार्यालय धनकुटा पुग्नुभएको छ ।
डँडेलधुरामा लागुऔषध नियन्त्रण ब्यूरोका डिएसपी प्रेम शाही, बैतडीमा बालनरसिंह राणा र योगेन्द्र कुमार खड्का कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख हुनुभएके छ ।