विषाक्त मदिरा सेवनबाट १८ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट १८ जनाको मृत्यु

  • शुक्रबार, भदौ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी,  भदौ ३ ।
भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

बिहारको गोपालगन्जमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको हो । मदिरा सेवनबाट बिरामी भएका केहीलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

विषाक्त मदिरा सेवन गर्नेहरुमा स्वासप्रश्वासमा समस्या हुने, पेट देख्ने, वान्ता हुने समस्या देखिएको थियो । त्यसको एक घण्टाभित्रै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच विशाक्त मदिरा सेवनबाट १८ जनाको मृत्यु भएपछि जिल्ला प्रशासनले २५ जना सुरक्षाकर्मीलाई निलम्बन गरेको छ ।

विषाक्त मदिरा उत्पादन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो । जिल्ला प्रशासनले १४ जनाविरुद्ध अवैध मदिरा कारोबारमा संलग्न रहेको आरोपमा मुद्दासमेत दायर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ