एजेन्सी भदौ ३ । सिरीयामा द्धन्द शुरु भएको पाच वर्ष यता प्रहरी हिरासत र कारागारमा मात्रै १८ हजार बन्दीको मृत्यु भएको अन्तराष्टिय मानवअधिकारवादी संस्था एमनेष्टी ईन्टरनेसनलले जनाएको छ । एमनेष्टीले बन्दीहरुसगँ गरेको कुराकानीको आधारमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
सन् २०११ देखि २०१५ सम्मको तथ्याङक मात्रै समेटिएकोले अझ बढी बन्दीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
बन्दीहरुलाई चरम यातना दिने, महिलाहरुमाथि यौन हिशा गर्ने जस्ता मानवअधिकार विरोधी कृयाकलाप भएको पनि प्रतिवेदनले औल्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline