नेविसंघको महाधिवेशनमा आज पनि मतदान जारी

नेविसंघको महाधिवेशनमा आज पनि मतदान जारी

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ , २ भदौ ।

नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि हिजो बिहानबाट सुरु भएको मतदान अझै जारी छ ।

माउ पार्टि काग्रेसको कार्यलय केन्द्रिय कार्यलय सानेपामा जारी मतदानमा हालसम्म २३ सय मतदाताले मत खसालिसकेका छन् ।

हिजो बिहान ११ बजेबाट सुरु भएको मतदान प्रक्रिया राति १ बजे बन्द गरिएको थियो । राति अबेरसम्म मतदान जारी राख्दा समेत नसकिएपछि पुन आज बिहान बाट मतदान सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।

अबको एक ढेड घण्टा पछि मतदान सकिने निर्वाचन समितिको आंकलन छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु गरेने पनि नेविसंघले जनाएको छ ।

एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना सदस्य मध्ये सहमहामन्त्री सहित ६ जना भने निर्बिरोध भएका छन् ।

सहमहामन्त्रीमा परमेश्वर शाह र सदस्यतर्फ सीतारा बानु, कल्पना खड्का, सरोज खत्री, सीता गौतम, र सुमित्रा शाही निर्बिरोध निर्वा्चित भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष सहित निर्वाचित हुने बिभिन्न पदका लागि झण्डै ७ सय जनाको उम्मेद्वारी परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ