बंगलादेशका सुरक्षा अधिकारी र प्रधानमन्त्री दाहालविच भेटवार्ता

बंगलादेशका सुरक्षा अधिकारी र प्रधानमन्त्री दाहालविच भेटवार्ता

  • बुधबार, भदौ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ, १ भदौ ।

बंगलादेशका सुरक्षा अधिकारीको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र बंगलादेशी टोलीबीच समसामयीक अवस्था , भुकम्पपछिको पुननिर्माण र त्यसको अवस्थाका बिषयमा छलफल भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले भूकम्पपछिको उद्धार र राहतमा बंगलादेशका सुरक्षाअधिकारीले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।

नेपाल र बंगलादेश दुवैले प्राकृतिक बिपत्तिको सामना गर्नु परिरहेको उल्लेख गर्दै उहाले उद्धार, राहत र पुननिर्माणमा एक–अर्काका अनुभव आदान–प्रदान गर्न नेपाल सरकार इच्छुक रहेको पनि बताउनु भयो ।

जवाफमा बंगलादेशका सुरक्षा अधिकारीले दुई देशको सम्बन्ध र बिपत्तिको सामनामा बंगलादेशको सुरक्षा संयन्त्र मिलेर काम गर्न इच्छुक रहेको धारणा राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । टोलीले नेपालले सक्षम र प्रतिभाशाली प्रधानमन्त्री पाएको चर्चा समेत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ