१ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा चीन भ्रमणमा रहनुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्नुभएको छ ।
भेटमा खछ्याङले राष्ट्रपति सी जिनपिङ र आफूलाई नेपाल भ्रमणको निम्तो दिएकामा धन्यवाद दिदै भ्रमणका बारेमा आवश्यक संयोजनका लागि दुई देशका परराष्ट्र मन्त्रालय नियमित सम्पर्कमा रहने बताउनु भएको थियो ।
उपप्रधानमन्त्री महराले नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको सहयोगको प्रशंसा गर्दै चीनीया राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध अझ प्रगाड हुने धारणा राख्नुभएको बताईएको छ ।
जवाफमा चिनियाँ प्रधानमन्त्रीले नेपाल र चीनबीच व्यावहारिक सम्वन्ध रहेको र नेपालसँग सम्भव भएसम्म सहकार्य गर्न तयार रहेको बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।