उपप्रधानमन्त्री निधि पर्सि(बिहिवार) भारत जाने

उपप्रधानमन्त्री निधि पर्सि(बिहिवार) भारत जाने

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,३२ साउन ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा उपप्रधान एवंम् गृहमन्त्री विमलेन्द्र निधि आगामी भदौ २ गते बिहिवार भारत जाने हुनुभएको छ ।

भ्रमणको बिषयमा भारतीय राजदूत रञ्जित रेसँग आज भएको छलफलका क्रममा उपप्रधानमन्त्री निधि भदौ २ गते नयाँ दिल्ली जाने टुङगो लागेको हो ।

निधिले दिल्ली बसाईका क्रममा भदौ ३ र ४ गते उच्च स्तरिय राजनीतिक भेटघाट हुने तय भएको छ ।
उपप्रधानमन्त्री निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण तथा राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण तथा द्ध्पिक्षीय सम्वन्धमा केन्द्रित रहेर छलफल हुने जानकारी दिनुभयो ।
अघिल्लो साता मन्त्रीपरिषद्ले दुई उपप्रधानमन्त्रीलाई प्रधानमन्त्री दाहालको विशेष दूतको रुपमा दुई छिमेकी मुलुकमा पठाउने निर्णय अनुसार निधि दुई दिनपछि भारत जान लाग्नुभएको हो ।

यसैवीच, उपप्रधानमन्त्री निधिले भारत भ्रमणको बिषयमा भोलि प्रधानमन्त्री दाहाल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नु हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ