काठमाडौ ३२ साउन ।
नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको नया नेतृत्वका लागी ७ जनाको उम्मेदवारी परेको छ ।
११ औ महाधिवेशन अन्तरगत तोकिएको मध्यान्ह १२ बजेसम्मको समयमा अध्यक्षका लागी ७ जनाको मेम्मेदवारी परेको हो ।
अध्यक्षका लागी उम्मेदवारी दिनेहरुमा नैनसिंह महर , मनोजमणि आचार्य ,सुभराम बस्नेत , नगेन्द्रसिंग ठकुरी ,बच्चन कार्की , आनन्द त्रिपाठि र लक्ष्मण आर्चाय रहेका छन् ।
त्यस्तै उपाध्यक्ष ,महामन्त्री , सहमहामन्त्री ,कोषध्यक्ष सहित केन्द्रिय सदस्यका लागी ६ सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन अन्तरगत अहिले उम्मेदवार नामावली तयार गर्ने कार्य भईरहेको छ । नेविसंघको नयाँ विधान अनुसार १ सय ५१ सदस्यीय केन्द्रिय कमिटिमा १ सय २९ पदका लागी निर्वाचन हुने प्रावधान छ ।
एक अध्यक्ष ११ उपाध्यक्ष , २ महामन्त्री , १३ सहमहामन्त्री ,१ कोषध्यक्ष र १ सय १ जना सदस्यका लागी भोली बिहान मतदान हुने छ ।
प्रतिनिधि नामवलीमा देखिएको विवाद संस्थापन पक्ष र नेता रामचन्द्र पौडेलबीच हिजो भएको पाँच बुँदे सहमतिसँगै टुङ्गिएपछि निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढेको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामवलीमा छानबिन गरी फर्जि नाम खारेज गर्ने सहमति भएसँगै महाधिवेशन उद्घाटन भएको १० दिनपछि निर्वाचन प्रक्रिया सहज बनेको हो ।