यमनमा एक अस्पतालमा भएको आक्रमणमा ११ जनाको मृत्यु

यमनमा एक अस्पतालमा भएको आक्रमणमा ११ जनाको मृत्यु

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ३२ साउन ।  

यमनको उत्तरी हज्जाह प्रान्तमा एक परोपकारी संस्थाले सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

परोपकारी संस्था मेडिसिन सान्स फ्रोन्टियर्स एमएसएफले सञ्चालन गरेको अस्पतालमा आक्रमण भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

आक्रमणमा अन्य १९ जना घाइते भएको एमएसएफलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । साउदी अरेबियाको नेतृत्वको गठबन्ध सेनाले हवाई आक्रमण गरेको अनुमान गरिएपनि यसबारेमा स्वतन्त्र पुष्टी हुन भने बाँकी रहेको जनाएको छ ।

गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाहीमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ । गठबन्धनले यस विषयमा अहिलेसम्म केही बताएको छैन ।

त्यस क्षेत्रमा पुनः आक्रमण हुन सक्ने डरका कारण उद्धार तथा राहतको काम पनि प्रभावित भएको छ । आक्रमणमा ज्यान जानेमा एमएसएफका कर्मचारी तथा अस्पतालमा उपचाररत बिरामी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ