काभ्रे, साउन ३२ ।
काभ्रेको बिर्तादेउराली–९ खहरेखोलानजिकै भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङख्या ३४ पुगेको छ । ३३ जनको घटनास्थलमा नै र एक जनाको उपचारका क्रममा निधन भएको हो ।
कात्तिके देउराली ७ का ,दिपक गौतम, बर्ष ४५, सिता परियार, वर्ष २५, कुनामाया परियार, वर्ष ३५, ,गोविन्द गौतम, बर्ष ६५ ,सुनिल बर्देवा, बर्ष ३५, मादनकुँडारी ५ का निलकण्ठ गौतम, बर्ष ६५, विनोद गौतम, बर्ष ४८, एलिसा तामाङ, बर्ष ८, मादनकुँडारी १ ,विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली ३ ,उमेश बाँस्कोटा, कात्तिके देउराली ४ , पञ्जा तामाङ, मादनकुँडारी १, रेशम विक, बर्ष २१, गोठपानी गाविस ,छविलाल चौलागाई, मादनकुँडारी ५ को मात्र सनाखत भएके छ ।
यस्तै सानुमाया तामाङ, वर्ष २५, मादन कुँडारी १,माईली तामाङ, मादनकुँडारी ३,कृष्ण दमै परियार, लिलानाथ गौतम, सुष्मा लामा मगर, वर्ष ३०, मादनकुँडारी ,सिता बर्देवा, कात्तिके देउराली, ठुलिकान्छी सुनुवार, विष्णु सापकोटा, इन्द्रकुमारी तामाङ, औलात सिं, सिता गिरी , इन्द्रकुमारी लामा, मादन कुँडारी,रामेछाप जिल्ला लखनपुर–१का जुनकिरी गौतम रहेका छन् ।
त्रिवि शिक्षण अस्पताल पुर्याइएका ९ घाइते मध्ये ३८ वर्षीय रमेश गौतमको मृत्यु भएको छ ।अन्यको सनाखत भएको छैन ।
काठमाडौबाट काभ्रेको कोशीपारीका लागि छुटेको बा ३ ख १०६ नम्बरको बस काभ्रेको विर्तादेउराली ९ खहरेखोलामा दुर्घटना भएको थियो ।