उकालोमा स्टार्ट बन्द भए पछि , ब्याक हुदै खस्यो बस घाईतेहरु

उकालोमा स्टार्ट बन्द भए पछि , ब्याक हुदै खस्यो बस घाईतेहरु

काभ्रेको खहरेमा बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३२ पुग्यो

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काभ्रे, ३० साउन । काभ्रेको बिर्तादेउराली–९, खहरेमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीस जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

काभ्रेबाट रामेछापका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा आज दिउँसो दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको डिएपी नवीन राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार २५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बाँकीको उपचारका लागि लैजाने क्रममा तथा अस्पतालमा मृत्यु भएको हो । मृतकको अझै सनाखत हुन सकेको छैन । मृतकको संख्या अझै बढ्न सक्ने डिएसपी राईको भनाई छ ।

accident 2
घाईतेहरुको महाराजगञ्ज स्थित शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
घाइतेहरुलाई नेपाली सेनाको एम आई १७ हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो ।
महाराजगञ्जमा उपचारको लागि आईपुगेका घाईतेहरुले उकालोमा गाडी स्टार्ट बन्द भएको र ब्याक गरेर पुनः स्टार्ट गर्ने क्रममा बस तल खसेको बताएका छन् ।
साघुँरो र कच्ची सडक भएको तथा क्षमता भन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनास्थल काभ्रे सदरमुकामबाट झन्डै ५० किलोमिटर दूरीमा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ