काभ्रे ,३१ साउन ।
अरनिको राजमार्ग अन्तरगत काभ्रेको कोसीपारी खहरे खोलामा आज भएको यात्रुबहाक बस दुर्घटनामा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट काभ्रे कोसिपारी कात्तिके देउरालीका लागी छुटेको बा २ ख १०६ नम्बरको बस बिर्तादेउराली–७ खहरेखोलानजिकैको डाँडाबाट खसेर दुर्घटना भएको हो ।
बस सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा अरु ३५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।
प्रहरी टोली भर्खरै घटनास्थलतर्फ गएकोले मृतक र घाइतेको आधिकारिक जानकारी भने आउन छैन ।
घटनास्थल धुलिखेलबाट ६५ मिटर टाढा रहेको छ । कच्ची बाटोमा ‘ओभर लोड’ भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बसमा करिब एक सय भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline