धरान ,३१ साउन ।
धरान मंगलबारेमा आज चट्याङ लागेर मोवाईल पड्किदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा धरान सगरमाथा बस्तीका ३० बर्षिय अधिराज राई रहेका छन् । उनका बाबु धनराज राई गम्भिर घाईते भएक छन् ।
धरान ११ स्थीत मंगलवारेमा मोटरसाईकलमा हिडिरहेका बाबुछोरालाई चट्याङ लाग्दा कुरा गरिरहेको मोबाईल पड्किएर जलेको थियो ।
चट्याङ लाग्ने बित्तिकै मोवाईलमा करेन्ट लागेर सर्ट भई पड्कीएर जलेको धरान प्रहरीले जनाएको छ । घाईते दुबैजनालाई धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईएकोमा अधिराजलाई मृत घोषणा गरिएको थियो ।
बाबु धनराजको धरानमा नै उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline