डोलेश्वरमा सहयोगको ओईरो

डोलेश्वरमा सहयोगको ओईरो

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भक्तपुर, श्रावण ३१ ।

केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावण १ गतेबाट सुरु भएको श्रावणी मेलामा हिजोसम्म १ करोड ८ लाख ९३ हजार ४ सय ८२ उठेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना सम्पन्न गर्न र थप प्रचार प्रसार गर्ने उद्देश्यले समितिको आयोजनामा श्रावण १ गतेबाट भाद्र ६ गतेसम्म हुने मेलामा आइतबारसम्म निर्माण अनुदानमा रु. ८० लाख ४१ हजार १ सय ७०, भगवान भेटी रु. १८ लाख ९४ हजार ७ सय ६५, रुद्रीबाट रु. २३ हजार ४ सय ५५, आजीवन सदस्यताबाट रु. १ लाख ८४ हजार ९ सय ४५, पञ्चस्नानबाट रु. ३ लाख ७७ हजार ६ सय ४४, फोटो÷किताव विक्रीबाट रु. १ लाख २ हजार ८ सय ४१ र अन्यबाट रु. २ लाख ६८ हजार ६ सय ६२ उठेको समितिका कोषाध्यक्ष विश्वराम थापाले बताउनु भयो ।
मेलामा उपस्थित भक्तजनहरुले चढाएको भेटी रकमले मन्दिरको गुरुयोजना कार्यान्वयनमा थप आर्थिक टेवा पुग्ने कोषाध्यक्ष थापाले बताउनु भयो । मूलमन्दिर र चौबन्दी सत्तल निर्माणमा नेपाल सरकारको सहयोगबिना नै निर्माण भईरहेका समेत उहाँले बताउनु भयो ।
समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले साउन महिनाभरी भक्तजनहरुको चाप अत्याधिक रहेको भन्दै उहाँले मन्दिरको गुरुयोजना कार्यान्वयन तर्फ अगाडि बढिरहेको र सोचे जस्तो भक्तजनहरुका लागि उचित प्रबन्ध मिलाउन नसकेता पनि चापलाई ध्यान दिएर सक्दो ब्यवस्था मिलाई रहेको बताउनु भयो ।
श्रावण १ गतेदेखि ७ गतेसम्म पण्डित विष्णुहरि बडालबाट गणेश पुराण बाचन, ८ गतेदेखि १४ गतेसम्म स्वामी चतुर्भुजाचार्य चुडामणि महाराजबाट रास पञ्चाध्यायी, १५ गते आशापुरी महादेव मन्दिरबाट डोलेश्वर महादेव मन्दिरसम्म बोलबम कार्यक्रम, १५ गतेदेखि १७ गतेसम्म पण्डित केदारनाथ देवकोटाबाट रामायणका कथाहरु, १८ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट शिवपुराण सम्पन्न भएको मूल आयोजक समितिका संयोजक एवं केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्यबहादुर खाइतुले बताउनु भयो ।
२८ गते देखि भाद्र २ गतेसम्म पण्डित शिवप्रसाद सापकोटाबाट श्रीमद् भागवत् ज्ञान महायज्ञ सञ्चालन भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ