साउन महिनाको अन्तिम सोमबार आज शिव मन्दिरमा दर्शनार्थीको घुईंचो

साउन महिनाको अन्तिम सोमबार आज शिव मन्दिरमा दर्शनार्थीको घुईंचो

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, साउन ३१
साउन महिनाको अन्तिम सोमबार आज पशुपति लगायत मुलुक भरका शिव मन्दिर तथा तीर्थस्थलहरुमा विहानै देखि दर्शनर्थीको घुईंचो लागेको छ ।

साउने सोमबारमा शिव भक्तले व्रत बसी पूजा अर्चना गरी विधिपूर्वक रुपमा व्रत समाप्त गर्ने गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेको भीड लागेको छ । साउन महिनाको सोमबार शिवको पूजा अर्चनाका लागि पवित्र महिना मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ