सरकारले आजदेखि बजार अनुगमन सुरु गर्दै

सरकारले आजदेखि बजार अनुगमन सुरु गर्दै

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ३१ साउन ।  

सरकारले आजदेखि बजार अनुगमनलाई तीव्र रुपमा अघि बढाउने भएको छ । बढ्दो कालोबजारी, महँगी र बजारमा हुने मिसावट विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने तयारी गरेको हो ।

चाड पर्व नजिकिदै गर्दा बजारमा अत्यावश्यकीय वस्तुको कृतिम अभावका साथै उपभोक्त ठगीका घट्ना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यस विरुद्ध आजदेखि कडा राण्निति अवलम्वन गर्ने भएको हो ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्न ३ बजे गृह, वानिज्य र आपूर्तिमन्त्रीसहतको उच्चस्तरीय बैठक बोलाउनु भएको छ ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिवलाई समेत बोलाइएको प्रधानमन्त्रीका स्वकीय उपसचिव रामहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

सुक्ष्म रुपमा अनुगमन तथा निगरानी गरेर उपभोक्तमैत्री बनाउने अभियान स्वरुप सरकारले विषेश रणनिति बनाउने तयारी गर्नु छ ।

सरकारले आजदेखि नियमित रुपमा सुक्ष्म अनुगमन गर्ने र दोषीमाथि तत्काल कडा कारबाही गरी उपभोक्त हितका लागि व्यवसायीलाई जवाफदेही बनाउन विषेश निर्णय गर्ने सरकारी अधिकारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ