कांग्रेसका शिर्ष नेताको षड्यन्त्रले नेविसंघको चुनाव बिथोलियो : काफ्ले (विज्ञप्ती सहित)

कांग्रेसका शिर्ष नेताको षड्यन्त्रले नेविसंघको चुनाव बिथोलियो : काफ्ले (विज्ञप्ती सहित)

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,३० साउन ।
नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार कुन्दनराज काफ्लेले देशभर नक्कली स्ववियु सिर्जना गरि ९८ क्याम्पसवाट नक्कली प्रतिनिधि राखि निर्वाचन प्रक्रिया भाडेको आरोप लगाउनु भएको छ ।
आज विज्ञप्ती निकालेर उहाले विधिवत महाधिवेशनका पक्षमा आएको लहर र समर्थनवाट अत्तालिएर नेविसंघ नेतृत्व र त्यसलाई पक्षपोषण गर्ने पार्टी नेतृत्वले नै षडयन्त्र रचेको आरोप लगाउनु भएको हो ।

उहाले महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक भइसकेपश्चात पनि वन्दसत्र लगायत, निर्वाचनका अन्य प्रक्रिया सुचारु हुन नसकेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

देशभर नक्कली स्ववियु सिर्जना गरि ९८ क्याम्पसवाट नक्कली प्रतिनिधि राखि पार्टीलाई बुझाएको र त्यस्तो नक्कली प्रतिनिधिको सुचिलाई पार्टीका तत्कालिन महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशन समितिले समेत सदर गरि अवैधानिकतालाई ’लाहछाप’ लगाउने काम गरिएको विज्ञप्तीमा उल्लेख छ ।

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2016/08/Press-Release-Kundan_saun-30.docx” height=”400px” width=”700px” save=”1″]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ