माओवादीका तर्फबाट ५ मन्त्री र ४ राज्यमन्त्री सपथ लिए,महिला नेतृद्धारा बिरोध

माओवादीका तर्फबाट ५ मन्त्री र ४ राज्यमन्त्री सपथ लिए,महिला नेतृद्धारा बिरोध

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौ ,३० साउन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्दबाट ५ मन्त्री र ४ राज्यमन्त्री सहित आज मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आफनो दल माओवादी केन्द्रको भागमा परेका मध्ये बाँकी ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीमा जनार्दन शर्मा, हितराज पाण्डे, सुरेन्द्र कार्की, धनिराम पौडेल र अजय संकर नायक रहनुभएको छ ।

शर्मालाइ उर्जा, पाण्डेलाइ संघीय मामिला तथा स्थानीय विकास, कार्कीलाइ सुचना तथा संचार, पौडेललाई शिक्षा र नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि कानुनमन्त्रीमा प्रभु शाहलाई प्रस्ताव गरिएपनि अश्विकार गरेपछि नायकालाई जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री दाहालले आजै ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ । श्रीप्रसाद जवेगुलाइ स्थानीय विकास, सत्यनारायण भगत उर्जा, राधिका तामाङ कृषि र धनमाया विकलाई विना विभागीय राज्यमन्त्री बनाइएको हो ।

नवनियुक्त ५ जना मन्त्रिहरुलाई आजै राष्ट्रिपति भवन सितल निवासमा राष्ट्रपति विद्या देबि भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

यस्तै राज्यमन्त्रिहरुलाई प्रधानमन्त्रि पुष्पकमल दाहालले सिंहदरबारमा सपथ ग्रहण गराउनुभएको छ ।

यसैबीच सरकारमा पठाउने मन्त्रीहरुको विषयलाई लिएर माओवादी केन्द्रभित्र विवाद देखिएको छ ।

राज्यका हरेक निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्नेमा महिलालाई क्याबिनेट मन्त्री नबनाइएको भन्दै माओवादीकै महिला सांसदहरुले आइतबार सिंहदरबारमा छुट्टै भेलाको आयोजना गरेका छन् ।

माओवादी महिला सांसदहरुले क्याबिनेट मन्त्री नपाएसम्म राज्यमन्त्रीको सपथ नखान प्रस्तावित राज्यमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।

महिलालाई राज्यमन्त्री मात्रै बनाउने निर्णयबारे आफूहरुले प्रधानमन्त्रीलाई भेट गर्न खोज्दा पनि समय नपाएको एक माओवादी सांसदले बताएक छन् ।

माओवादीका करिब एक दर्जन महिला सांसदहरु सपथ ग्रहण समारोहमा शीतलनिवास नगई सिंहदरबारमै बसेका थिए ।

असन्तुष्ट महिला सांसदहरुको भेलामा पूर्वमन्त्रीहरु रेखा शर्मा, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत र गणेशमान पुनसमेत सहभागीता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ