व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ, ३० साउन ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । केहिबेरपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा राप्रपा र नेकपा संयुक्तबाट मन्त्री थप्दै मन्त्रीमण्डल विस्तारको जानकारी बाहेक अन्य एजेन्ड तय नभएको संसद सचिवालयले जनाएको छ ।

मन्त्रीमण्डल विस्तारमा भएको ढिलाईका कारण सरकारले पूर्णता पाउन नसक्दा संसद बैठक पनि प्रभावित हुदै आएको छ । सम्बन्धीत मन्त्री चयन हुन नसक्दा संसदमा दर्ता भएको सार्वजनिक महत्वको विषयमाथिको छलफल पनि अघि बढ्न सकेको छैन ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने सम्बन्धमा छलफल गर्न भन्दै संसदमा पेश भएको प्रस्तावमाथिको छलफल पनि अन्योलमा परेको छ ।

यस्तै सरकार परिवर्तनको चलखेलसँगै तत्कालिन समयमा बहुमतले अस्वीकृत गरेको चालु आर्थिक वर्षको बजेट सम्बन्धीको विधेयक पुनः संसदमा प्रस्तुत गर्नेबारे कुनै निर्णय हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ