एजेन्सी ३० साउन ।
अमेरिकाको न्यूयोर्कमा मुस्लिम धर्मगुरु इमाम मौलामा एकोनजी सहित दुई जनाको गोली हानी हत्या गरिएको छ । न्युयोर्कको क्वीस क्षेत्रमा सडकमा हिडिरेहका बेला उनीहरुमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
प्रहरी प्रवक्ताका अनुसार एक व्यक्तिले पछाडिबाट उनीहरुको टाउँकोमा गोली हानेका थिए । बीबीसीका अनुसार ५५ वर्षीय इमाम दुई वर्ष पहिले बंगलादेशबाट न्यूयोर्क गएका थिए । अर्का व्यक्तिको उमेर ६४ वर्ष बताइएको छ ।
प्रहरीले अहिलेसम्म धर्मका कारण उनीहरुलाई निशाना बनाइएको कुनै प्रमाण फेला नपरेको बताएको छ । ओजोन पार्क क्षेत्रमा बन्दूक लिएका एक व्यक्तिलाई घटनास्थलबाट जाँदै गरेको देखिएपनि उक्त घटनामा प्रहरीले कसैलाई नियन्त्रणमा लिन सकेको छैन ।
अमेरिकामा रहेका स्थानीय मुसलमानले घटनालाई ‘हेट क्राइम’ बताएका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा रिपव्लिकन उमेदवार डोनाल्ड ट्रम्प माथि इस्लाम विरुद्ध माहोल बनाएको आरोप लगाएका छन् ।