रसुवाको गोसाईकुण्ड मेला आजबाट सुरु

रसुवाको गोसाईकुण्ड मेला आजबाट सुरु

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ३० साउन ।  

जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईंकुण्डमा लाग्ने मेला आजबाट सुरु भएको छ । मेला भर्न स्वदेश तथा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट आएका भक्तजनको घुइँचो लागेको छ ।

गोसाईंकुण्डमा पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ । यो वर्ष १५ हजार जनाले मेला भर्ने गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

मेलामा हुनसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

उच्च भागमा पुगेपछि लेक लाग्ने समस्या तथा अन्य स्वास्थ्य समस्यालार्ई दृष्टिगत गरी चन्दनवारी, चोलाङपाटी, तथा गोसाईंकुण्डमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ ।

यस्तै समितिले घट्टेखोलाबाट गोसाईंकुण्डसम्मका होटल, लज तथा थर्पुमा मूल्यसूची निर्धारण गरेको जनाएको छ । तोकिएको मुल्यसुची भन्दा बढी शुल्क लिएमा कारबाही गरिने समितिको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ