पावर सेयरिङ नमिलेकै कारण एकता भाडियोः राणा

पावर सेयरिङ नमिलेकै कारण एकता भाडियोः राणा

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले पावर शेयरिङ नमिलेका कारण राप्रपा नेपालसंगको पार्टी एकिकरण विथोलिएको बताएका छन् ।
संवाद क्लव नेपालले शनिबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष राणाले राष्ट्रिय अध्यक्ष र अध्यक्षको पावर शेयरिङ सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकिकरण रोकिएको बताए ।
उक्त कार्यक्रममा बोल्दै राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापा अनावश्यक आरोप प्रत्यारोपमा उत्रिएर नेपालमा डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेको आरोप लगाए ।
राप्रपा नेपालसंग एकता प्रकृया अत्य नभएर अवरुद्ध मात्र भएको बताउँदै अध्यक्ष राणाले कमल थापाले माफी मागे एकता प्रकृया फेरि सुरु हुन सक्ने बताए ।
एक अर्को प्रशङगमा अध्यक्ष राणाले भुकम्प पछिको पुननिमार्ण, मद्येश समस्याको समाधान, कालो बजारी÷घुसखोरि अन्त्य गर्दै सहज आपूति व्यवस्था र संविधान कायान्वयन मुलत यी चार विषय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको भन्दै आपूति मन्त्रालय आफ्नो पार्टीको भागमा परेकाले तत्काल आपूति व्यवस्था सहज बनाएर जनतालाई राहत दिन आफूले आपूति मन्त्री दिपक बोहोरालाई निर्देशन दिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी