२९ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले स्थानीय निकायको संख्या कम्तिमा एक हजार बनाउन माग गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालाको अगुवाईमा आज राजधानीमा बसेको जिल्ला सभापतिहरुको भेलाले स्थानीय निकायसम्बन्धी सीमांकन गर्न गठित आयोगले प्रस्ताव गरेको ५६५ वटा स्थानीय निकायमा संख्या थप गर्न माग गरेका हुन् ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा २४ जिल्लाका पार्टी सभापतिहरुको सहभागिता थियो ।
भेलाले हालै आयोगबाट प्रस्ताव गरिएको ५६५ संख्या अपर्याप्त एवं अवैज्ञानिक भएको भन्दै यसलाई नमान्ने निर्णय गरेको सहभागीले बताएका छन् ।
यस्तै स्थानीय निकायको पुनःसंरचनाबारे छलफल गर्न ७५ वटै जिल्लाका सभापतिहरुको भेला तत्काल बोलाउन कांग्रेस नेतृत्वसँग माग गर्ने निर्णयसमेत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline