काठमाण्डौ ,२९ साउन ।
संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्त ग्रान्डीले नेपालको संविधान, शान्ति प्रक्रिया, नेपालको विकास र समृद्धिका बारेमा चासो व्यक्त गर्नुभएको थियो ।
ग्रान्डीले भुटानी शरणार्थी समस्या समाधानका विषयमा राष्ट्र संघले गरिरहेको पहलका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनु भएको छ । त्यसैगरी गरी नेपालमा बाँकी भुटानी शरणार्थीका समस्या पनि छिट्टै समाधान गर्ने उहाको भनाई थियो ।
त्यस क्रममा प्रधानमन्त्री दाहालले भने भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र संघले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीका समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गर्नुभएको थियो ।
उहाले संविधान कार्यान्वयन गर्दै शान्ति, स्थिरता र समृद्धिको दिशामा मुलुकलाई अघि बढाउन आफूले प्रयास गरिरहेको समेत बताउनु भयो ।