काठमाण्डौ ,२९ साउन ।
बागमती सफाई अभियान अन्तरगत १ सय ७० औ हप्ता आज राजधानीको त्रिपुरेश्वरको वागमती नदिन आसपास सफाई गरिरहेको छ ।
त्रिपुरेश्वर स्थित विश्व निकेतन बिद्यालय नजिकै वागमती नदि आसपासमा सफाई गरिदैछ । सफाई कार्यक्रममा स्थानिय , बिद्याथी , सेना प्रहरी लगायत गरिब ४ सय को सहभागीता रहेको छ ।
१ सय ७० औ हप्ता सम्म गरेको सफाई अभियानका क्रममा हालसम्म राजधानीका बिभिन्न सात नदिबाट ७ हजार मेट्रिकटन फोहर संकलन गरेको सफाई अभियान्ता लिलामणि पौडेलले जानकारी दिनुभयो ।
उपत्यकाको सबै नदि किनारमा दुई बर्ष अघि नै ढल निर्माणमा सुरु गरेपनि सरकारी पक्षको ढिलासुस्तीका कारण सफाई अघियानले सर्वसाधारणमा सरफाई सम्बन्धी चेतना बढेपनि सोचेजति उपलबब्धी हासिल हुन नसकेको उहाको भनाईछ ।
यस्तै नदी किनारमा बसेका सुकुम्बासी बस्तीलाई ब्यवस्थीत गर्न नसक्दा पनि समस्या उत्पन्न भएको छ ।