खाडीका जेलमा नेपाली कति छन् र अवस्था के छ तत्काल जानकारी गराउनुः प्रधानमन्त्री दाहाल

खाडीका जेलमा नेपाली कति छन् र अवस्था के छ तत्काल जानकारी गराउनुः प्रधानमन्त्री दाहाल

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, साउन २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडीमुलुकका विभिन्न जेलमा रहेका नेपालीको संख्या कति छ र उनीहरुको अवस्था के छ तथ्याङक तत्कालै दिन परराष्ट्र सचिवलाई निर्देशन दिनु भएको छ ।
परराष्ट्रसचिव शंकरदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे गम्भीर चासो राख्दै जेलमा रहेका नेपालीको ठोस तथ्यांक दिन निर्देशन दिनु भएको हो ।

वैदेशिक रोजगारीको खोजीमा खाडीमुलुक पुगेका नेपालीले दुःख पाएको, उनीहरुको पेसागत् सुरक्षा नभएको तथा जेलमा कस्टकर जीवनयापन गर्न बाध्य भएको समाचार लगातार आउनु मुलुकका लागिसमेत सुहाउँदो विषय नभएको भन्दै प्रधानमन्त्रीले जानकारी माग्नु भएको हो ।

नेपालीको कस्टकर अवस्था र जेलमा रहेका नेपाली नागरिकको रिहाइका लागि तत्काल पहल गर्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सनाले जानकारी दिनु भयो ।
भेटमा प्रधानमन्त्रीले खाडीमुलुकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे पनि परराष्ट्र सचिवसँग जानकारी लिनु भएको छ ।

सो अवसरमा परराष्ट्रसचिव वैरागीले तिमिल्सिनाको सहयोगमा निजी क्षेत्रबाट रु २८ लाख संकलन भएको जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ